नियम ४३
निर्वाचन प्रतिनिधि
(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फको कुनै उम्मेदवारले निर्वाचनमा आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न एकजना निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा दलले आप्नो तर्र्फबाट आयोगमा गर्नुपर्ने काम गर्न एकजना र प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक जना निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम कुनै व्यक्ति निर्वाचन प्रतिनिधि हुन देहायको योग्यता भएको हुनु पर्नेछ ट्ठ–
(क) नेपालको नागरिक,
(ख) एक्काईस वर्ष उमेर पूरा भएको,
(ग) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा दलले आयोगमा गर्नुपर्ने कामको लागि नियुक्त गर्ने निर्वाचन प्रतिनिधिको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रत्येक निर्वाचन क्षेत्रमा गर्नुपर्ने कामको लागि सम्बन्धित निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा उम्मेदवारले नियुक्त गर्ने निर्वाचन प्रतिनिधिको हकमा सम्बन्धित निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(ङ) साधारण लेखपढ गर्न जानेको,
(च) ऐनको दफा १३ बमोजिम अयोग्य नभएको,
(छ) अन्य प्रचलित कानूनले अयोग्य नभएको ।
(४) निर्वाचन प्रतिनिधिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्यमा उम्मेदवार वा दलको प्रतिनिधित्व गर्ने,
(ख) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्य गर्दा तयार गर्नुपर्ने विभिन्न मुचुल्कामा उम्मेदवार वा दलको प्रतिनिधिको रुपमा सहीछाप गर्ने,
(ग) निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने ।
(५) उपनियम (१) वा (२) बमोजिम उम्मेदवारले निर्वाचन प्रतिनिधि नियुक्त गरेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतलाई र दलले निर्वाचन प्रतिनिधि नियुक्त गरेको जानकारी आयोगमा दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि निर्वाचन प्रतिनिधि नियुक्त गरेको जानकारी नियम १३ बमोजिमको निर्वाचन अधिकृतले सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।
(७) निर्वाचन अधिकृतले निर्वाचन प्रतिनिधिलाई आयोगले तोके बमोजिमको परिचयपत्र दिनु पर्नेछ ।